नेपाल: तुलसीपुर उपमहानगरको शिक्षा शाखामा तालाबन्दी

नेपाल / 6 मई, 2018 / लेखक: जन समाचार / स्रोत: जनता टेलीभिजन

दाङ । प्रमुख तीन बिद्यार्थी संगठनले तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।

उपमहानगर क्षेत्रभित्रका निजी तथा सरकारी विद्यालयले अभिभावकको ढाड सेक्नेगरी शिक्षण शुल्क असुल्दा शिक्षा शाखा मौन भएको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघका नेताहरुले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् ।

विद्यालयहरुले मनोमानी तरिकाले गरेको शिक्षण शुल्क वृद्धी रोक्न पटकपटक ध्यानाकर्षण गराएपनि शिक्षा शाखाले वेवास्ता गरेपछि अनिश्चितकालीन तालाबन्दी गरिएको बिद्यार्थी नेताहरुले बताएका छन् ।

विद्यार्थी संगठनले तालाबन्दी गरेपछि तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखाका सम्पूर्ण कामकाज ठप्प भएका छन् ।

समाचार स्रोत:

तुलसीपुर उपमहानगरको शिक्षा शाखामा तालाबन्दी

Comparte este contenido: